केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
काठमाडौँ । संकटा क्लब ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटा क्लब मंगलबार खेलिएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा संकटा क्लबले एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि हार–जितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।
संकटा क्लबले अब सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी क्लब भने सोमबार खेलिएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा नौवटा टोलीले सहभागिता रहेको छ । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण