फोटो
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू
मङ्गलबार, १३ फागुन २०८१, १४ : ४७
काठमाडौँ । केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा विवाद भएको छ । रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग संकटा फुटबल क्लबका विदेशी खेलाडीहरूले विवाद गरेका थिए ।
एपिएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले हात हालेपछि रेफ्री ज्ञान बहादुर तामाङले सिधै रातो कार्ड देखाएका थिए । जवाफमा संकटाका अन्य विदेशी खेलाडीले रेफ्रीलाई हातपात गर्न खोजे ।
कप्तान दीप कार्की लगायतले विदेशी खेलाडीलाई छुट्याउनु परेको थियो । विवादका बिच सम्पन्न उक्त खेलमा संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । संकटा क्लब पेनाल्टी सुटआउटमा एपीएफलाई ५–३ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण