मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवको भारत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अमेरिका र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको भ्रमण स्वीकृति गरेको छ ।
त्यसैगरी बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गरेको हो । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको अमेरिका भ्रमण स्वीकृत गर्दा योजना आयोगका सदस्य जयबहादुर टण्डनको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यसबाहेक मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय गर्नुका साथै नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण