०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
मङ्गलबार, १३ फागुन २०८१, १८ : ३३
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता कोइरालाले चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताए । उनले पार्टीलाई अप्ठ्यारोमा पर्नबाट बचाउन ०८२ भित्रै निर्वाचन गराउनु उचित हुने बताए । ०८२ मा निर्वाचन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने उनले बताए ।
उनले भने, ‘अधिवेशनको बारेमा शेरबहादुरजीलाई सोधेँ । शेरबहादुरजीलाई सोध्नु भन्दा पहिलाको अन्तरवार्तामा मैले के भने भन्दा चुनाव भन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो ।’
नेता कोइरालाले निर्वाचनको मुखमा अधिवेशन गर्दा कसैलाई फाइदा नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण