सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन्।
संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको ‘संङ्घीय संरचनामा लगानी प्रवर्द्धन, सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा’ विषयको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरूपको समग्र वातावरण नहुँदा राज्यले प्रतिफल पाउन नसकेको बताए ।
उनले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
‘सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौँ । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन,’ उनले भने,‘यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौँ र हुनु पर्दछ ।’
२०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट सङ्घात्मक पद्धतिमा रूपान्तरित गरी शासन सञ्चालनको स्वायत्तता, सहभागिता र जबाफदेहिताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरू सोही अनुरूप चल्न नसकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण