सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन्।
संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको ‘संङ्घीय संरचनामा लगानी प्रवर्द्धन, सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा’ विषयको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरूपको समग्र वातावरण नहुँदा राज्यले प्रतिफल पाउन नसकेको बताए ।
उनले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
‘सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौँ । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन,’ उनले भने,‘यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौँ र हुनु पर्दछ ।’
२०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट सङ्घात्मक पद्धतिमा रूपान्तरित गरी शासन सञ्चालनको स्वायत्तता, सहभागिता र जबाफदेहिताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरू सोही अनुरूप चल्न नसकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
-
देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वार्थले थप गिजोलियो एनआरएनए
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’