मियामीको जितमा मेस्सीको गोल
बुधबार, १४ फागुन २०८१, ०९ : २९
काठमाडौँ । स्पोर्टिङ कानसास सिटीलाई हराउँदै इन्टर मियामी कोनकाकाफ च्याम्पिन्स कपको अन्तिम १६ मा प्रवेश गरेको छ । स्थानीय समयअनुसार मंगलबार राति भएको दोस्रो लेगको खेलमा मियामी ३–१ गोलले विजयी बन्यो । समग्रमा टोली ४–१ ले विजयी बन्दै अर्को चरणमा प्रवेश गरेको हो ।
खेलको १९ औँ मिनेटमा लियोनेल मेस्सीले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । सबै प्रतियोगिताका पछिल्ला तीन खेलमा मेस्सीले गोलका लागि योगदान गरेका छन् ।
पहिलो हाफको इन्जुरी समयमा टाडेलो एलेन्डेले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै दुई मिनेटपछि लुइस सुवारेजले अर्को गोल थपे ।
दोस्रो हाफमा मेमो रोड्रिग्वेजले कान्सासका लागि सान्त्वना गोल गरे । अब मियामीले अर्को चरणमा जमेकन टोली काभालियर एससीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण