विपक्षी प्रशिक्षकको घाँटी न्याकेपछि मेस्सीलाई जरिवाना
बुधबार, १४ फागुन २०८१, ०९ : ४८
मियामी । विपक्षी टोलीका प्रशिक्षकको घाँटी न्याकेपछि लियोनेल मेस्सीलाई जरिवाना गरिएको छ । मेजर लिग सकर (एमएलएस) को विपक्षीको अनुहार, टाउको वा घाँटीमा हात उठाउन नहुने नियम अन्तर्गत मेस्सीलाई जरिवाना गरिएको हो ।
उनलाई कति रकम जरिवाना गरियो भन्ने चाहिँ खुलाइएको छैन । यो घटना गत फेब्रुअरी २२ मा घटेको थियो । त्यतिबेला मियामी र न्युयोर्क सिटी एफसी बिचको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।
आठ पटकको बालोन डी’ओर विजेता विपक्षी टोलीको प्रशिक्षण स्टाफको पछाडिबाट घाँटी समाउन पुगेका थिए । एमएलएसको अनुशासन समितिले ३७ वर्षीय मेस्सीलाई यस घटनामा दोषी पाएको थियो ।
त्यस्तै, मेस्सीका समकक्षी लुइस सुवारेजलाई पनि जरिवाना गरिएको छ । उनले सो खेलको हाफ टाइममा विपक्षी खेलाडी बर्क रिशाको घाँटीमा चिमोटेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण