‘कोशेढुंगा’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘कोशेढुंगा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर ललिपुरको च्यासलबाट फिल्मको छायाङ्कन सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मको निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त पूजा गरिएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशन सरोज पौडेलको निर्देशन रहेन फिल्म एकसाता काठमाडौँमा छायाङ्कन हुनेछ भने त्यसपछिको छायाङ्कन स्याङ्जामा हुनेछ ।
सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायतको छायाङ्कन रहने फिल्म महिला प्रधान कथामा बन्न लागेको हो ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन् ।
बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र रिदम कँडेल र आषिश अविरल संगीत रहने फिल्म २०८२ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण