नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाली विश्वविद्यालयमा पढ्न चाहेको खण्डमा आवेदन दिन आह्वान गरिएको छ । नेपालका विभिन्न तीन वटा विश्वविद्यालयहरूले सूचना जारी गर्दै नेपालमै क्रेडिट आवर ट्रान्सफर लिन खोजेको खण्डमा आवेदन दिन आह्वान गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले क्रेडिट आवर ट्रान्सफर गर्न दिने भन्दै सूचना जारी गरेका हुन् ।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्यालाई समाधान गर्न त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले जानकारी गराउन भनेका छन् । त्यस्तै काठमाडौँ विश्वविद्यालयले भने त्यसका लागि ओपन हाउस छलफलको आयोजना गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती विश्वविद्यालयहरूसँग समन्वय गरेर केआईआईटी विश्वविद्यालयबाट प्रभावित विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपालमै क्रेडिट ट्रान्सफर नीति अनुसार त्रिवि र पूर्वाञ्चलमा शैक्षिक कार्यक्रमहरू सुचारु गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
सम्बन्धित विद्यार्थी र अभिभावकहरूले थप जानकारीका लागि सम्बन्धित विश्वविद्यालयमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयको इमेल ठेगाना [email protected] र [email protected] तथा पूर्वाञ्चल विश्वविद्यालयका लागि [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फेब्रुअरी १६ मा होस्टेलको कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन । उनको न्यायको लागि आन्दोलन गर्दै आएका नेपाली विद्यार्थीमाथि दमन भएको थियो । उनीहरूलाई तत्काल होस्टेल तथा विश्वविद्यालय छोड्न निर्देशन दिइएको थियो । त्यसपछि बाध्य भएर सयौँको सङ्ख्यामा नेपाली विद्यार्थीहरू विश्वविद्यालय छोड्न बाध्य भएका थिए ।
अब तत्काल ती विश्वविद्यालयमा फर्किन नसक्ने वा नचाहने विद्यार्थीलाई बाँकी पढाई नेपालमै पुरा गर्न सकिने व्यवस्था गरिएको हो । नेपाल फर्किएका विद्यार्थीहरूले समेत नेपालमै क्रेडिट ट्रान्सफरको व्यवस्था गरिदिन अनुरोध गर्दै आएका छन् । सोही आधारमा शिक्षा मन्त्रालयले नेपाली विश्वविद्यालयहरूसँग छलफल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण