क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
ओट्टावा । २ लाख ५० हजार भन्दा धेरै क्यानडेली नागरिक र बासिन्दाहरूले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको क्यानडेली नागरिकता र पासपोर्ट खारेज गर्न संसदीय याचिकामा हस्ताक्षर गरेका छन् । मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण पदमा छन् ।
क्यानडाबाट आयात हुने सामानमा आगामी महिनादेखि अमेरिकाले २५ प्रतिशत अतिरिक्त महसुल लगाउँदैछ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बन्न पनि प्रस्ताव गरेका थिए । ट्रम्पसँग मस्कको निकटता क्यानडाको राष्ट्रिय हितविरुद्ध भएको दाबी याचिकाकर्ताहरूको छ । मस्कसँग दक्षिण अफ्रिका, क्यानडा र अमेरिकाको नागरिकता छ ।
गएको महिना ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बनेयता मस्क ट्रम्पको सबैभन्दा नजिकका मान्छेमध्ये एक बनेका छन् । ‘उनले आफ्नो सम्पत्ति र शक्ति हाम्रो निर्वाचनलाई प्रभावित पार्न प्रयोग गरेका थिए’ याचिकामा दाबी गरिएको छ ।
अब मस्क क्यानडाको सार्वभौमसत्ता नै नामेट पार्ने कोशिश गरिरहेको विदेशी सरकारको सदस्य बनेको पनि याचिकामा भनिएको छ । आफ्नो नागरिकता खारेज गर्न याचिका दायर भएको खबरको प्रतिक्रियामा मस्कले क्यानडा साँच्चैको देश नभएको भनेर एक्समा पोष्ट लेखेका थिए ।
याचिकामा क्यानडाका प्रधानमन्त्री जष्टिन टु«डोलाई सम्बोधन गरिएको छ । यसमा मस्कको दोहोरो नागरिकता हैसियत खारेज गर्न र तत्कालै लागू हुने गरी उनको क्यानडेली पासपोर्ट खारेज गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण