लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका हकअधिकारलाई संस्थागत गर्दै सुनिश्चत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
निल हिरा समाजद्वारा आज आयोजित ‘विविधता गतिशीलताः न्यायसङ्गत, समावेशी र दिगो एसियाको लागि एकता’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका हकअधिकारलाई संस्थागत गर्दै नीतिगत सुधार गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सरकार, नागरिक समाज, अन्तरराष्ट्रिय साझेदार, सञ्चारमाध्यम र समुदायबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए ।
सहकार्य र आपसी साझेदारी लैङ्गिक समानता प्राप्त गर्ने मार्गको महत्त्वपूर्ण आधार रहेको भन्दै मन्त्री सुडीले समावेशी समाज निर्माण गर्न नीति निर्माण तहदेखि समुदायस्तरसम्म सबैको सहभागिता आवश्यकता रहेकामा जोड दिए । उनले सरकार मानवअधिकार, समानता र समावेशी समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय यौनिक तथा लैङ्गिक समुदायको आवाज सुन्ने सरोकारवाला निकाय रहेको बताउँदै मन्त्री सुडीले मन्त्रालयले समुदायको जागरुकता बढाउन प्रादेशिक र स्थानीयस्तरमा विभिन्न किसिमका क्षमता अभिवृद्धि, जीविकोपार्क र अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले संविधानमा व्यवस्था गरिएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण