खनिज सम्झौतामा सहमतिपछि ह्वाइट हाउस आउने भए जेलेन्स्की
बुधबार, १४ फागुन २०८१, १४ : ०२
वासिङटन डीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस आउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएअनुसार दुई देशबिच हुन लागेको खनिज सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्की शुक्रबार ह्वाइट हाउस आउन लागेका हुन् ।
ट्रम्पलाई खुसी पार्न युक्रेनले यस अघि अस्वीकार गरेको सम्झौतामा सहमति जनाएको छ । तर यसमा युद्धको मार झेलिरहेको युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने कुरा भने समावेश गरिएको छैन ।
युद्धविराम भएको एक महिना पछि नै रुसले फेरि आक्रमण गर्यो भने युद्धविराम सम्झौताको कुनै अर्थ नभएको युक्रेनको रणनीति उद्योग मन्त्रालयका सल्लाहकार युरी साकले भनेका छन् । खनिज सम्झौताले युक्रेनलाई लडिरहने अधिकार दिने ट्रम्पको भनाइ छ ।
ट्रम्पले सम्झौता अन्तिम अन्तिम रुपमा पुगेको हो कि होइन भन्ने चाँहि पुष्टि गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण