६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ ।
बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार होटलमा ८० कोठा रहने छन् । परियोजनाले तल्लो स्टेशनमा रु तीन अर्ब ८३ करोड लगानी गरिसकेको छ । परियोजनाको कुल लागत ६ अर्ब २९ करोडमध्ये करिब ४ अर्ब ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ ।
बन्दीपुर–४ ठुलढुङ्गास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण