प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थालेको दाबी गरेका छन् ।
उनको द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन गुमाउन पुगेको र सोही कारण उनमा छटपटाहट बढेको पोखरेलको दाबी छ ।
‘वास्तवमा सरकारको नेतृत्वमा रहँदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो’, उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ ।’
साँच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जानु आवश्यक रहेको उनको भनाइ छ ।
त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठबन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नुपर्ने पोखरेलको धारणा। यस्तो भएमा कथित ‘म्याजिक नम्बर’ को नाममा साना दलले ठुला दलहरूमाथि शासन गर्ने स्थित अन्त्य हुने समेत उनले बताए । प्रचण्डले अब सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा कांग्रेस र एमाले ठुला भएको टिप्पणी गरेको समेत पोखरेलको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण