आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । समूह बी’मा रहेको इंग्ल्याण्ड लाहौरमा भएको आठौं म्याचमा अफगानिस्तानसँग ८ रनले हारेसँगै च्याम्पियन्स ट्रफी सेमिफाइनल दौडबाट बाहिरिएको हो ।
जो रुटले शानदार १२० रनको पाली खेल्दा अफगानिस्तानले दिएको ३२६ रनको चुनौति सामना गर्दा इंग्ल्याण्डका अन्य व्याट्सम्यान धेरै बेर क्रिजमा टिक्न सकेनन् । र, इंग्ल्याण्ड ३१७ रनमा अलआउट हुनपुग्यो ।
अफगानिस्तानका अजमुल्लाह उमरजई एक्लैले ५ विकेट लिएपछि इंग्ल्याण्ड विजयको आसपास पुगेर पनि असफल रहयो । सुरु व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि उच्च योगफल तयार पार्न इब्राहिम जद्रान एक्लैले १७७ रनको योगदान दिए । उनले १४६ बल खर्चिएर २२६ मेडन राख्दै ६ छक्का र १२ चौका प्रहार गर्दै उच्च स्कोर गरेका हुन् ।
यस्तै, अलराण्ड प्रदर्शन गरेका अजमुल्लाह उमरजईले ४१ रन जोड्दा हशमतुल्लाह शाहिदी र मोहम्मद नाबीले समान ४०–४० रनको योगदान दिए । अफगानी प्रदर्शनलाई कमजोर पार्न ३ विकेट लिएका जोफ्रा आर्चरले इंग्याण्डलाई दोहोरो मद्दत गरे पनि हार टार्न भने सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण