ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन् ।
ट्रम्पले अमेरिकी सहायता एवं सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेन आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको व्याख्या गरिरहेका छन् । उनले भनेका छन्, ‘हामी यस्तो सम्झौता गर्न सक्षम भएका छौँ, जहाँ हामीलाई आफ्नो पैसा फिर्ता मिल्ने छ भने भविष्यमा ठूलो परिमाणमा थप पैसा मिल्नेछ ।’
उनले नागरिकको हत्या रोक्नका लागि रुस र युक्रेनसँग एक सम्झौता गर्न गइरहेको बताउँदै रुसले निशंकोच सहुलियतपूर्ण व्यवहार गर्नु पर्नेमा जोड दिएका छन् ।
यसअघि जेलेन्स्कीले युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुनेबारे हालसम्म कुनै ग्यारेन्टी नभएको बताएका थिए । यद्यपि, आफुले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी चाहेको र यो महत्वपूर्ण भएको उनको भनाइ छ ।
ट्रम्पले जमिनमा काम गर्ने अमेरिकी नै सुरक्षा ग्यारेन्टी रहेको प्रतिक्रिया दिँदै ‘जब हामी युक्रेनी भूमिमा हुनेछौँ त्यहाँ हाम्रो साथमा कोही कसैले खेलवाड गर्ने छैन’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित