एकाएक फेसबुकमा समस्या
बिहीबार, १५ फागुन २०८१, ०८ : २१

काठमाडौँ । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । कैयन् फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् ।
फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको छ ।
नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको समाचारहरुमा जनाइएको छ । सामाजिक सञ्जाल एक्समा फेसबुकमा समस्या देखिएको भनेर पोस्टहरु देखिएका छन् । यसबारे फेसबुकको मातृ कम्पनी मेटाले थप जानकारी गराइसकेको छैन ।
यद्यपि फेसबुकको एप्समा भने सेवा निर्वाध रुपमा सञ्चालनमा छ ।
अपडेट : अवरुद्ध भएको केही समयपछि सेवा पुनः सञ्चालनमा आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म