चिनियाँ कम्पनीले फिर्ता लियो एकल कर्मचारीलाई बिहे गर्न दिएको अल्टिमेटम

बेइजिङ । तपाईंले काम गरिरहेको कम्पनीले तोकेरै यो महिनाभित्र तैँले बिहे गर्नै पर्छ भनेर अल्टिमेटम दियो भने तपाईँ के गर्नु हुन्छ ? चीनमा एउटा कम्पनीले आफ्ना अविवाहित अनि पारपाचुके गरेर बसेका कर्मचारीहरूलाई विवाह गर्न अल्टिमेटम दिएको थियो । तोकिएको समयमा बिहे गरेनन् भने जागिर गुमाउन सक्ने चेतावनी दिइएको थियो ।
शुन्टियन केमिकल ग्रुपले सेप्टेम्बर सम्ममा विवाह नगरे एक्ला कर्मचारीलाई बर्खास्त गर्ने धम्की दिएको थियो । यो नीतिका कारण कम्पनीले निकै आलोचना खेप्नुपरेको थियो । आलोचना, आक्रोश र सरकारी हस्तक्षेपपछि शान्डोङ समूहले यो अल्टिमेटम फिर्ता लिएको छ । यही वर्षको जनवरीमा, शुन्टियान केमिकल ग्रुपले २८ देखि ५८ वर्ष उमेरका कर्मचारीका लागि सेप्टेम्बरसम्ममा बिहे गरेर घर बसाउनै पर्ने नीति ल्याएको थियो ।
मार्च महिनासम्म बिहे नगर्नेले निन्दा पत्र लेख्नुपर्थ्यो । जुन महिनासम्ममा बिहे नगर्ने व्यक्तिको मूल्याङ्कन गरेर सेप्टेम्बरसम्ममा बिहे गरेन भने उसलाई जागिरबाट निकालिने भनिएको थियो । तर पछि चिनियाँ मानवअधिकार तथा सामाजिक सुरक्षा ब्युरोले यस मामिलामा हस्तक्षेप गरेपछि र कम्पनीले नोटिस नै रद्द गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म