चिनियाँ कम्पनीले फिर्ता लियो एकल कर्मचारीलाई बिहे गर्न दिएको अल्टिमेटम
बेइजिङ । तपाईंले काम गरिरहेको कम्पनीले तोकेरै यो महिनाभित्र तैँले बिहे गर्नै पर्छ भनेर अल्टिमेटम दियो भने तपाईँ के गर्नु हुन्छ ? चीनमा एउटा कम्पनीले आफ्ना अविवाहित अनि पारपाचुके गरेर बसेका कर्मचारीहरूलाई विवाह गर्न अल्टिमेटम दिएको थियो । तोकिएको समयमा बिहे गरेनन् भने जागिर गुमाउन सक्ने चेतावनी दिइएको थियो ।
शुन्टियन केमिकल ग्रुपले सेप्टेम्बर सम्ममा विवाह नगरे एक्ला कर्मचारीलाई बर्खास्त गर्ने धम्की दिएको थियो । यो नीतिका कारण कम्पनीले निकै आलोचना खेप्नुपरेको थियो । आलोचना, आक्रोश र सरकारी हस्तक्षेपपछि शान्डोङ समूहले यो अल्टिमेटम फिर्ता लिएको छ । यही वर्षको जनवरीमा, शुन्टियान केमिकल ग्रुपले २८ देखि ५८ वर्ष उमेरका कर्मचारीका लागि सेप्टेम्बरसम्ममा बिहे गरेर घर बसाउनै पर्ने नीति ल्याएको थियो ।
मार्च महिनासम्म बिहे नगर्नेले निन्दा पत्र लेख्नुपर्थ्यो । जुन महिनासम्ममा बिहे नगर्ने व्यक्तिको मूल्याङ्कन गरेर सेप्टेम्बरसम्ममा बिहे गरेन भने उसलाई जागिरबाट निकालिने भनिएको थियो । तर पछि चिनियाँ मानवअधिकार तथा सामाजिक सुरक्षा ब्युरोले यस मामिलामा हस्तक्षेप गरेपछि र कम्पनीले नोटिस नै रद्द गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण