मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

बिहीबार, १५ फागुन २०८१, १२ : ०६
बिहीबार, १५ फागुन २०८१

सिरहा।  सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।

नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गगरे । 

    “हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने । 

उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि रु १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप