मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण : संसदीय छानबिन गर्न तीन दलको माग
हेटौँडा । बागमती प्रदेश सरकार अन्तर्गत गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्युबारे संसदीय छानबिन गर्नुपर्ने माग विपक्षी दलले उठाएका छन् ।
बागमती प्रदेश सभा अन्तर्गत नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर र राप्रपा संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले यस्तो माग गरेका हुन् ।
मृतक रवि थापाको मृत्युपछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख भनिएको पत्र तथा सहकारी सम्बन्धी अडियो रेकर्डमा मन्त्री श्रेष्ठलगायत नेताहरूको नामसमेत मुछिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको उनीहरूको जिकिर छ ।
‘त्यसैले यस घटनाको सबै पक्षबाट छानबिन हुन अत्यन्त जरुरी छ,’ तीन दलका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ ।
प्रदेशस्तरमा संसदीय छानबिन समिति बनाइ वास्तविकता बाहिर ल्याउन माग गर्दै उनीहरूले यसका लागि प्रदेश सभा बैठक बोलाउनुपर्ने पनि प्रस्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण