महेन्द्र मोरङ क्याम्पस नेविसंघले नचायो बन्चरो र तरबार, दुई जना घाइते

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको दुई पक्षबिच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाई गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए ।
आफूहरूको स्वीकृति बिना क्याम्पसमा इकाई कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बन्चरो, तरबार र लाठीले प्रहार गरेको हो । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् ।
उनीहरूबिचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आक्रमण उत्रिनेहरूमा जसवन्त पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरू प्रशान्त यादवलगायतको टोली संलग्न रहेको बताइएको छ । घटनाको विषयमा आफूहरूलाई थाहा भए पनि घाइते भएको र अस्पताल भर्ना भएको विषयमा थाहा नभएको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान