महेन्द्र मोरङ क्याम्पस नेविसंघले नचायो बन्चरो र तरबार, दुई जना घाइते
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको दुई पक्षबिच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाई गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए ।
आफूहरूको स्वीकृति बिना क्याम्पसमा इकाई कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बन्चरो, तरबार र लाठीले प्रहार गरेको हो । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् ।
उनीहरूबिचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आक्रमण उत्रिनेहरूमा जसवन्त पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरू प्रशान्त यादवलगायतको टोली संलग्न रहेको बताइएको छ । घटनाको विषयमा आफूहरूलाई थाहा भए पनि घाइते भएको र अस्पताल भर्ना भएको विषयमा थाहा नभएको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण