तीन दिनभित्र केयूकाे उपकुलपति नियुक्त गर्न अल्टिमेटम
काठमाडौँ । काठमाडौँ विश्व विद्यालय (केयू) का प्राध्यापकहरूले तीन दिनभित्रमा उपकुलपति नियुक्त गर्न अल्टिमेटम दिएका छन् । केयू प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै तीन दिन भित्रमा उपकुलपति नियुक्त नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।
तीन दिनभित्रमा उच्च प्राज्ञिक क्षमता भएका व्यक्तिलाई उपकुलपति नियुक्त गर्न संघका सभापति डाक्टर विकास अधिकारी र महासचिव तेजेश मान शाक्यले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ । गएको माघ ६ गतेदेखि काठमाडौँ विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ।
नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा विश्वविद्यालय भित्र र बाहिर विभिन्न खाले भ्रमहरू सिर्जना हुनुको साथै गैर प्राज्ञिक गतिविधि बढेको विज्ञप्तिमा भनिएको छ।
उपकुलपतिको नियुक्तिलाई राजनीतिक खिचातानीको विषय बनाउँदा विश्वविद्यालयमा प्राज्ञिक वातावरण धमिलिएको संघकाे आराेप छ।
छनाेट समितिले यसअघि नै अन्तरवार्ता लिइसकेको छ। तर, समिति सदस्यहरूबिचको बेमेलका कारण सिफारिस हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण