ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने प्रचण्डको विश्वास
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सो विश्वास व्यक्त गर्दै यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्– ‘शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
अध्यक्ष प्रचण्डले ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता थप सुदृढ गर्न महत्वपूर्ण प्रेरणा मिल्ने विश्वास लिएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण