इटालीलाई विश्वकप चुमाउने गोलरक्षक भन्छन्, ‘नमस्ते सबैजनालाई, म नेपाल आउँदैछु’
काठमाडौँ । इटालीलाई फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि चुमाउन महत्वपूर्ण योगदान गर्ने चर्चित गोलरक्षक जियानलुइगी बुफोन नेपाली समर्थकको नाममा सन्देश जारी गरेका छन् ।
आफ्नो भिडियो सन्देशमा उनले आफू छिट्टै नेपाल आउन लागेको बताएका छन् । उनले सन्देशमा सुरुवाती लाइन नेपालीमै बोलेका छन् । उनले सन्देशको सुरुमा नेपाली भाषमा भनेका छन्, ‘नमस्ते सबैजनालाई ।’
त्यसपछि उनले अंग्रेजीमा बोल्दै आफू केपी ओली कपका लागि नेपाल आउन लागेको बताएका छन् । उनले आफ्नो सन्देशमा भनेका छन्, ‘नमस्ते सबैजनालाई । म जियानलुइगी बुफोन बोल्दैछु । म मार्चको पहिलो साता नेपाल आउँदैछु । केपी ओली कपमा प्रमुख अतिथि बनेर नेपाल आउन लागेको हुँ । त्यतिबेलै हाम्रो भेट होला । बाई ।’
विश्व फुटबलका यी महान गोलरक्षक केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रमुख अतिथि बनेर नेपाल आउन लागेका हुन् । यसअघि, केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले पनि बुफोन नेपाल आउन लागेको जानकारी दिएका थिए ।
गत आइतबार सुरु भएको केपी ओली कपको फाइनल खेल फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । इटालीलाई सन् २००६ मा आयोजित फिफा विश्वकपको उपाधि चुमाउन गोलरक्षक बुफोनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उक्त विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो । यसदेखि वाहेक पनि उनको उत्कृष्ट प्रदर्शनमा इटालीले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनी आफ्नो समयका विश्वकै सर्वाधिक लोकप्रिय गोलरक्षक थिए ।
उनले विश्वका विभिन्न चर्चित क्लबबाट व्यवासायिक फुटबल खेलेका थिए । ४७ वर्षीय बुफोनले पार्मा, युभेन्ट्स, पेरिस सेन्ट जर्मन (पीएसजी)लगायतका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले थुप्रैपटक इटालियन सिरिएको उपाधि पनि जितेका थिए ।
उनी इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गोलरक्षक पनि हुन् । उनले इटालीको राष्ट्रिय टोलीको कप्तानी पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण