दिमागी काम गर्नेलाई पालगपनको सम्भावना कम
शनिबार, १९ जेठ २०७५, १६ : २०
सिकागो– पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो ।
वौद्धिक कामसम्वन्धी गतिविधिजस्तै किताव वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदी काम गर्नेलाई अध्ययन केन्द्रित थियो ।
त्यो अध्ययनबाट यो निश्कर्ष निकालिएको थियो की, “बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने संभावना न्युन हुने देखिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण