माओवादी जनजागरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा तयारी सुरु
बुटवल । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’अन्तर्गत लुम्बिनी प्रदेशमा तयारी सुरु गरेको छ । फागुन २७ गते पश्चिम नवलपरासीबाट लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा कार्यक्रम गर्ने तयारी सुरु भएको छ ।
नवलपरासीमा फागुन २७ गते, रुपन्देहीमा २८ गते, कपिलवस्तुमा चैत २ गते, दाङमा ३ गते, बाँकेमा ४ गते र बर्दियामा ५ गते कार्यक्रम तोकिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले जिल्लाहरूमा रुट, बास तथा के–के कार्यक्रम गर्ने भन्नेमा प्रदेशले निर्देशन दिएको बताए । सोही अनुसार अहिले जिल्ला कमिटीले तयारी गरिरहेको उनले बताए ।
नवलपरासीको वर्दधाटमा स्वागत गर्ने, त्यसपछि सुस्ता जाने, पाली नन्दन गाउँपालिका र परासीमा कार्यक्रम गरेपछि साँझ सुनवलमा बास बसाल्ने योजना रहेको उनले बताए । माओवादी केन्द्रको रुपन्देही जिल्ला कमिटी बैठक भोलि बसेर रुपन्देही रुट तथा कार्यक्रम तय गर्ने बरालले बताए । उनले अन्य जिल्ला कमिटीले अव बैठक बसेर कार्यक्रमहरूको निर्धारण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण