सिन्धुपाल्चोक प्रशासनले भन्यो– भूकम्पबाट मानवीय क्षति भएन, जनजीवन सामान्य छ
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पबाट भएको क्षतिबारे जानकारी गराएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति जारी गर्दै भूकम्पबाट मानवीय क्षति नभएको र जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहेको जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार मेलम्ची नगरपालिका–११ का ४३ वर्षीय भूकम्पमा परी घाइते भएका रुपेश तामाङको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस्तै लिसंखुपाखर गाउँपालिका–४ तमसुवारीका सुमन गौतमको घर चर्किएकाले बुवा पदम बहादुर खत्रीको घरमा बसिरहेका छन् । बाह्रविसे नगरपालिका–२ गुम्बेडाँडाका करे तामाङको घरको पर्खाल भत्किएको छ भने भाग्ने क्रममा उनकी श्रीमती गीता तामाङ घाइते भएकी छन् ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार प्रहरी चौकी लगायत एक निजी आवासमा सामान्य क्षति र ए निजी आवास पूर्ण क्षति भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण