सुनसरीमा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि भएको छ । स्वाइन फ्लु पुष्टि भएसँगै बङ्गुर ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
उच्च सतर्कता अपनाउँदै तत्कालका लागि १५ दिन बङ्गुर ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको दुहबी नगरपालिकाले जनाएको छ ।
केन्द्रीय प्राविधिक ल्याब काठमाडौँले ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको हो । दुहबी नगरपालिका, पशुसेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलसहितको आकस्मिक बैठकले संक्रमण नियन्त्रण गर्न तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख वेदप्रकाश गच्छदारले जानकारी दिए ।
दुहबी नगरपालिकाले विभिन्न फार्मको अनुगमनलाई पनि तीव्रता दिने निर्णय गरेको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशुसेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्मको अनुगमन प्रारम्भ गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार दुहबी नगरपालिका–९ र १० मा रहेका केही बङ्गुर फार्ममा २५ वटा बङ्गुर मरेका थिए । तथ्याङ्क अनुसार दुहबी–१० मा १० वटा र दुहबी–९ मा १५ वटा बङ्गुर मरेका छन् । यसबाहेक त्यस क्षेत्रमा रहेका फार्मका धेरै बङ्गुर बिरामी छन् । संक्रमण थप फैलिने सम्भावना देखिएपछि नियन्त्रणका लागि थप सजगता अपनाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु