सुनसरीमा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि
सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि भएको छ । स्वाइन फ्लु पुष्टि भएसँगै बङ्गुर ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
उच्च सतर्कता अपनाउँदै तत्कालका लागि १५ दिन बङ्गुर ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको दुहबी नगरपालिकाले जनाएको छ ।
केन्द्रीय प्राविधिक ल्याब काठमाडौँले ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको हो । दुहबी नगरपालिका, पशुसेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलसहितको आकस्मिक बैठकले संक्रमण नियन्त्रण गर्न तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख वेदप्रकाश गच्छदारले जानकारी दिए ।
दुहबी नगरपालिकाले विभिन्न फार्मको अनुगमनलाई पनि तीव्रता दिने निर्णय गरेको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशुसेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्मको अनुगमन प्रारम्भ गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार दुहबी नगरपालिका–९ र १० मा रहेका केही बङ्गुर फार्ममा २५ वटा बङ्गुर मरेका थिए । तथ्याङ्क अनुसार दुहबी–१० मा १० वटा र दुहबी–९ मा १५ वटा बङ्गुर मरेका छन् । यसबाहेक त्यस क्षेत्रमा रहेका फार्मका धेरै बङ्गुर बिरामी छन् । संक्रमण थप फैलिने सम्भावना देखिएपछि नियन्त्रणका लागि थप सजगता अपनाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण