प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
कटारी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज उदयपुरको कटारी नगरपालिका–३ मा रहेको ताराघारी महादेव गुफाको अवलोकन गरेका छन् ।
गुफा अवलोकनसँगै प्रधानन्यायाधीश राउतले गुफाका बारेमा जानकारी लिएका छन् । महादेव गुफा पर्यापर्यटन व्यवस्थापन समितिले उनलाई जानकारी गराएको समितिका सचिव रोशन श्रेष्ठले बताउनुभयो । त्यसैगरी सोही अवसरमा गुफा परिसरमा निर्मित व्याडमिन्टन कोर्टको प्रधानन्यायाधीश राउतले उद्घाटनसमेत गरे ।
कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वउद्योग तथा कृषि सहकारीमन्त्री रामकुमार खत्रीसँग व्याडमिन्टन खेल्दै प्रधानन्यायाधीश राउतले कोर्टको उद्घाटन गरेका हुन् । सो अवसरमा वरिष्ठ अधिवक्ता शम्भु थापाले गुफाका बारेमा प्रधानन्यायाधीश राउतलाई जानकारी गराएका थिए । यो गुफा पूर्वक्षेत्रकै धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ ।
कटारी नगरपालिकाका स्थानीय रहेका प्रधानन्याधीश राउतलाई आज नै दिउँसो त्रिवेणी मावि कटारीमा एक बृहत कार्यक्रमका बीच कटारी नगरपालिका, उदयपुर उद्योग वाणिज्य सङ्घ र कटारी विद्यार्थी समाजले सम्मान गरेको थियो । प्रधानन्यायाधीश राउत त्रिवेणी माविका पूर्व विद्यार्थीसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण