सेमिफाइनलमा स्थान बनाउने दक्षिण अफ्रिकाको लक्ष्य, सान्त्वना जीतको खोजीमा इंग्ल्याण्ड
कराँची । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को ११ औं खेल आज दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच खेल हुँदैछ। खेल कराँचीस्थित राष्ट्रिय रंगशालामा दिउँसो २:४५ बजे सुरु हुनेछ।
दुवै टोलीले दुई-दुई खेल खेलेका छन्। दक्षिण अफ्रिकाले एउटा खेल जितेको छ भने अर्को खेल वर्षाले रद्द भयो। यसअघि दुवै खेल हारेको इंग्ल्याण्ड भने आफ्नो पहिलो जितको खोजीमा छ।
यो खेल जिते दक्षिण अफ्रिकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ। अर्कोतर्फ, सुरुवाती दुई खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको इंग्लिस टोली जितका साथ अन्त्य गर्न चाहन्छ। यदि इंग्ल्याण्डले ठूलो अन्तरले जित्यो भने अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ।
च्याम्पियन्स ट्रफीमा यसअघि दुवै टोली चार पटक आमनेसामने भएका छन्। जसमा २ खेल दक्षिण अफ्रिकाले जितेको थियो भने २ खेल इंग्ल्याण्डले जितेको थियो।

यी दुई बीच जम्मा ७० एकदिवसीय खेल खेलिएका छन्। इंग्ल्याण्डले ३४ मा जित हात पारेको छ भने दक्षिण अफ्रिकाले ३० खेल जितेको छ । ५ खेलको नतिजा निस्कन सकेन भने १ खेल बराबरीमा सकियो।

यस च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाका लागि रायन रिकेलटनले सबैभन्दा धेरै रन बनाएका छन्। उनले एक खेलमा १ सय ३ रन बनाएका छन् ।
कप्तान टेम्बा बाभुमा दोस्रो नम्बरमा छन्। उनले १ खेलमा ७६.३१ को स्ट्राइक रेटमा ५८ रन बनाएका छन्। बलिङमा कागिसो रबाडा ३ विकेटसहित शीर्ष स्थानमा छन्।

यस च्याम्पियन्स ट्रफीमा बेन डकेटले इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाएका छन्। उनको २ खेलमा २०३ रन छ। पहिलो खेलमा अस्ट्रेलिया विरुद्ध डकेटले शतक (१६५ रन) बनाए।
तीव्र गतिका बलर जोफ्रा आर्चरले सबैभन्दा धेरै विकेट लिएका छन्। उनले २ खेलमा ४ विकेट लिएका छन्। उनले अन्तिम खेलमा एक विकेट लिएका थिए।
- पिच रिपोर्ट
कराँचीको राष्ट्रिय रंगशालाको पिच सामान्यतया ब्याट्सम्यानमैत्री छ। यद्यपि, कराँचीको पिचमा स्पिनरहरूले केही टर्न पाउन सक्छन्।

यहाँ अहिलेसम्म ५८ एकदिवसीय खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले २८ खेल जितेको छ भने र पहिले बलिङ गर्ने टोलीले पनि उत्तिकै खेल जितेको छ ।
दुई खेलको नतिजा तय हुन सकेन। यहाँको उच्चतम स्कोर ३५५/४ हो, जुन पाकिस्तानले यस वर्ष दक्षिण अफ्रिका विरुद्ध बनाएको थियो।
मौसम रिपोर्ट
शनिबार कराँचीको मौसम सामान्य रहनेछ। बिहान घाम लाग्ने र केही ठाउँमा बादल लाग्ने सम्भावना छ। पानी पर्ने सम्भावना छैन।
तापक्रम १६ देखि ३१ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ। हावा प्रतिघण्टा १५ किलोमिटरको गतिमा चल्नेछ।

दुबै टोलीको प्लेइङ-११
दक्षिण अफ्रिका: टेम्बा बाभुमा (कप्तान), रायन रिकेलटन, टोनी डे जियोर्गी, रस्सी भ्यान डेर डुसेन, एडेन मार्क्रम, डेभिड मिलर, वेन मुल्डर, मार्को जानसेन, कागिसो रबाडा, केशव महाराज र लुंगी एनगिडी।
इंग्ल्याण्ड: जोस बटलर (कप्तान), फिल साल्ट (विकेटकिपर), बेन डकेट, जेमी स्मिथ, जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, जेमी ओभरटन, जोफ्रा आर्चर, आदिल रशिद र मार्क वुड।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण