क्रिस गेलको नाममा सर्वाधिक रन
काठमाडौँ । वेस्ट इन्डिजका क्रिस लेग आईसीसी च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । च्याम्पियन्स ट्रफीको आठवटा संस्करण सकिँदासम्म गेलले १७ खेल खेल्दै कुल सात सय ९१ रन बनाएका छन् ।
गेलले सन् २००२ देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । च्याम्पियन्स ट्रफीमा उनले तीन शतक र एक अर्धशतक बनाएका छन् ।
च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा श्रीलंकाका माहेला जयाबर्द्धने छन् । जयाबर्द्धनेले २२ खेलको २१ पालीमा कुल सात सय ४२ रन बनाएका छन् ।
उनले सन् २००० देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । उनले पाँच अर्धशतक पनि प्रहार गरेका छन् ।
यो सूचीमा तेस्रो स्थानमा रहेका भारतका शिखर धवनले १० खेलमा कुल सात सय एक रन बनाएका छन् । उनले सन् २०१३ देखि सन् २०१७ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । उनले च्याम्पियन्स ट्रफीमा तीन शतक र तीन अर्धशतक पनि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण