लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।
शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले तीन तहकै सरकारले लागूऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए ।
उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा—वडा स्तरबाट लागूऔषधबिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागूऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन उनले आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागूपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागूऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागूऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागूऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्याउन जरुरी रहेको उनले बताए । लागूऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण