कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान
काठमाडौँ । थाइल्यान्डमा कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ । शनिबार अन्तर्राष्ट्रिय मार्शल आर्टस संघका अध्यक्ष तथा प्रशिक्षक प्रकाश श्रेष्ठ र संघ सचिव धिरज उपरकोटीले खेलाडी, टिम म्यानेजर, कोच र रेफ्रीलाई सम्मान गरेका हुन् ।
थाइल्याण्डको बैङककस्थित आरबीएसी स्पोर्टस कम्प्लेक्समा भएको खेलमा नेपाली टोलीले समान चार स्वर्ण र रजत तथा एक कांस्य पदक जितेको हो ।
धादिङका गौतम ठकुरीले भेट्रान ७७ केजीमुनि (३९ वर्षमाथि)मा स्वर्ण पदक जितेका हुन् । श्रवण लामाले कुमुते एकल काता ६५ केजीमाथि (२४ वर्ष) स्वर्णपदक जितेका छन् । माइकल तामाङले ४५ केजीमाथि (१६ वर्ष) उमेर समूहमा स्वर्ण पदक जितेका छन् । श्रवण लामाले एकल काता र कुमुतेमा स्वर्ण पदक जितेका छन् ।
यसैगरी लक्ष्मण श्रेष्ठले ७५ केजी (२२ वर्ष), एरोन लामाले ५० केजीमाथि (२१) वर्ष उमेर समूहमा रजत पदक जिते । यस्तै टिम कातामा पनि नेपाली टोलीले रजत पदक हात पार्यो ।
अभिषेक कार्कीले ५० केजीमाथि (१७ वर्ष) उमेर समूहमा कांस्य पदक जिते ।
धादिङका ठकुरी प्रशिक्षकको पनि जिम्मेवारीमा थिए । यता व्यवस्थापकमा भीमप्रसाद नेपाल रहँदा रेफ्रीको भूमिका पूर्णबहादुर थापाले निर्वाह गरेका थिए ।
प्रतियोगितामा पहिलो उज्वेग्स्थान, दोस्रो श्रीलंका र तेस्रो नेपाल रहेको अन्तर्राष्ट्रिय मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण