१ सय ७९ रनमा समेटियो इंग्ल्याण्ड
कराँची । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह बीको अन्तिम खेलमा शनिबार इंग्ल्याण्डको इनिङ्स १ सय ७९ रनमा समेटिएको छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा इंग्ल्याण्ड ३८.२ ओभरमा अलआउट हुन पुगेको हो ।
कराँचीमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीका लागि जो रुटले सर्वाधिक ३७ रन बनाए । उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, जोफ्रा आर्चरले ३१ बलमा २५ रन जोडे । ओपनर बेन डकेटले २१ बलमा २४ रन बनाए । कप्तान जोस बट्लरले ४३ बलमा २१ रन तथा ह्यारी ब्रुकले १९ रन बनाउँदै पभेलियन फर्किए ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न मार्को यानसेन र वियान मल्डरले ३–३ विकेट लिए । केशव महारजले २ विकेट तथा लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट हात पारे ।
इंग्ल्याण्ड सुरुवाती दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ भने आजको खेल जिते दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण