कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा
बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रुपन्देही आएका छन् । आज दिउसो गौतम बुद्ध विमानस्थलबाट रुपन्देही आएका कोइराला कांग्रेसका नेता तथा कार्यकर्ता भेटघाटमा केन्द्रित भएका छन् ।
मातृ शोकमा रहेको कांग्रेसका पूर्व जिल्ला सदस्य डिल्लीराज ज्ञवालीको निवास सैनामैना पुगेर कोइरालाले समवेदना प्रकट परेका छन् । यस्तै उनले आज भारतको कलेजमा मृत्यु भएकी विद्यार्थी प्रकृति लम्सालको भैरहवास्थित घरमा पुग्ने कार्यक्रम रहेको कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले बताए । बुटवलमा भोलि हुने राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान विषयक कार्यशाला गोष्ठी उद्घाटन गर्न उनी आज रुपन्देही आएका हुन् ।
कोइरालालाई भैरहवामा कार्यकर्ताहरुले १५ किलोको माला लगाएर स्वागत गरेका थिए । कांग्रेस महाधिवेशन नजिक आउन थालेपछि नेताहरू जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाटमा केन्द्रित हुन थालेका छन् । यही हप्ता रुपन्देहीमा कांग्रेसका महामन्त्री गगन थापा पनि आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण