प्रथम सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा
बुटवल । रुपन्देहीको सैनामैना–४ मुर्गियामा सोमबारदेखि आयोजना हुने प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ को तयारी पूरा भएको छ । रुपन्देहीको मुर्गिाया फुटबल क्लबको आयोजनामा फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समूहको सहभागिता रहने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रविन भारीले स्थानीय खेलाडीको उत्पादन तथा राष्ट्रिय खेलाडीहरूलाई सहभागी गराउने उद्देश्यसहित पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको जानकारी गराए । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आधिकारिक अनुमति प्राप्त गरी सोही नियमानुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशिसहित गोल्पक कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरी उपविजेताले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समूहलाई समान ८० हजार रुपैयाँ नगद राशि प्रदान गरिने छ।
यसैगरी विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीलाई सान १५ हजार रुपैयाँ नगद राशिले सम्मान गरिने भएको छ ।
यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित विभागीय टोलीहरू नेपाल पुलिस र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौँ, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी हुँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज बिच हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण