बर्खास्त गरिएका विशेष वकिललाई पदबहाल गर्न ट्रम्पलाई अदालतको आदेश
वासिङ्टन डीसी । अमेरिकी अदालतले राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई झट्का दिएको छ । ट्रम्पले बर्खास्त गर्न आदेश दिएका वाचडग एजेन्सीका प्रमुखलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ । विशेष वकिललाई जागिरबाट हटाउनु गैरकानूनी भएको अदालतले आफ्नो आदेशमा बताएको छ ।
अमेरिकी जिल्ला न्यायाधीश एमी बर्मन ज्याक्सनले शनिवार एक आदेश जारी गर्दै ह्याम्पटन डेलिन्जरलाई उनको जागिरमा पुनर्बहाली गर्न आदेश दिएकी हुन् । डेलिन्जर एक विशेष सल्लाहकार हुन् । उनलाई हालै ट्रम्पले पदबाट हटाएका थिए । त्यसपछि गत महिना डेलिन्जरले ट्रम्पको निर्णयलाई अदालतमा चुनौती दिए । विशेष वकिललाई आफ्नो जिम्मेवारी निर्वाह गर्न अक्षमता वा लापरबाहीको अवस्थामा मात्र हटाउन सकिने आफ्नो अपिलमा डेलिन्जरले भनेका थिए ।
ट्रम्प प्रशासनको व्यापक सरकारी सुधारको एक हिस्सको रूपमा बर्खास्त गरिएका प्रोवेशनरहरूलाई हटाउने निर्णयलाई डेलिन्जरले चुनौती दिइरहेको बेला यो फैसला आएको हो ।
मंगलबार डेलिन्गरले धेरै प्रोबेशनरहरूको बर्खास्ती गैरकानूनी हुन सक्ने बताएपछि सङ्घीय बोर्डले उनीहरूको बर्खास्तीलाई रोक लगाएको थियो । यद्यपि, न्याय विभागले विशेष सल्लाहकारलाई हटाउने सुरक्षा असंवैधानिक भएको र राष्ट्रपतिले आफ्नो मन पर्ने उम्मेदवारलाई नियुक्त गर्न स्वतन्त्र हुनुपर्ने बताएको छ ।
उनको कार्यालय काम ह्विसलब्लोअरहरूलाई सुरक्षा दिने भएकोले विशेष वकिललाई राष्ट्रपतिको हस्तक्षेपबाट अलग राख्नुपर्ने डेलिन्जरका वकिलहरूले भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण