युद्धविरामको पहिलो चरण विस्तार गर्ने इजरायलको माग हमासले गर्यो अस्वीकार
तेल अभिभ । गाजामा इजरायल–हमास युद्धविरामको दोस्रो चरणमा जारी वार्ताका बिचमा इजरायलले अमेरिकी प्रस्तावलाई समर्थन गरेको छ । प्रस्तावअनुसार इजरायलले गाजामा युद्ध विरामको पहिलो चरण रमजान र पासओभरसम्म बढाउन चाहन्छ । तर हमासले युद्ध विरामको दोस्रो चरणमा वार्तामा जोड दिएको छ ।
युद्ध विराम सम्झौताको पहिलो चरण शनिवार समाप्त भएको थियो । अब सम्झौताको दोस्रो चरण कार्यान्वयन हुने भएको छ । यसमा गाजामा बाँकी रहेका सबै जीवित बन्धकहरूको फिर्ती र क्षेत्रबाट सबै इजरायली सेनाको फिर्ता बोलाउनुपर्ने कुरा समावेश छ ।
यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अमेरिकी प्रस्तावअनुसार युद्ध विरामको पहिलो चरणको पासोभर वा अप्रिल २० सम्म लम्ब्याइनेछ ।
यसमा आधा बन्धकहरू (जीवित वा मृत)लाई पहिलो दिनमै रिहा गरिनेछ । बाँकीलाई स्थायी युद्धविराम भएपछि रिहा गरिनेछ ।
‘हामीले युद्ध विरामको पहिलो चरण बढाउने इजरायलको प्रस्तावलाई अस्वीकार गरेका छौँ’ हमासका एक सदस्यले भनेका छन् । हमासले यो युद्ध विराम सम्झौताको विरुद्ध भएको बताएको छ ।
हमासको राजनीतिक ब्युरोका सदस्य बसम नैमले एपीलाई बताएअनुसार इजरायली प्रतिनिधि शुक्रवार घर फर्कनुअघि समाधान खोज्ने काममा कुनै प्रगति भएको थिएन ।
कायरोमा भइरहेको वार्तामा हमासले भाग नलिएको बताइएको छ । इजिप्ट र कतारका अधिकारीहरूले हमासको प्रतिनिधित्व गरेका थिए ।
सम्झौताका सर्त मान्न तयार छ इजरायल
आफू सम्झौताका सबै सर्त लागू गर्न प्रतिबद्ध रहेको युद्ध विराम सम्झौतालाई लिएर हमासले भनेको थियो । कुनै पनि ढिलाइ वा आलटाल नगरी तुरुन्तै दोस्रो चरणमा अगाडि बढ्न इजरायललाई दबाब दिन हमासले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण