नेपालमा यो वर्षको प्रि-मनसुन सुरु
काठमाडौँ । यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम सकिएर ‘प्रि–मनसुन’ सुरु भएको हो । अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म रहन्छ । प्रि–मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो ।
तीन महिने प्रि– मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘हामीले मार्च, अप्रिल र मेलाई प्रि–मनसुन भन्ने गरेका छौँ,’ उनले भनिन्, ‘मार्च १ तारिखबाट प्रि–मनसुन लागेपछि साँझ पाखा स्थानीय प्रणालीबाट एक्कासि बादल बनेर मेघ गर्जन हुने, चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ ।’
उनका अनुसार अब बिस्तारै अधिकतम/न्यूनतम तापक्रम बढ्दै जान्छ । जाडोयाम सकिए लगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् मानन्धरले बताइन् । तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने उनले बताइन् ।
उनका अनुसार प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने सम्भावना हुन्छ ।
आज जनकपुरमा सबैभन्दा बढी तापक्रम हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जनकपुरमा सबैभन्दा बढी तापक्रम ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको हो । यहाँको न्यूनतम तापक्रम ३० डिग्री छ । यस्तै, विराटनगरको तापक्रम २९ देखि ३१ डिग्रीसम्म हुनेछ ।
धरानको तापक्रम २८ देखि ३० डिग्रीसम्म रहेको महाशाखाको अनुमान छ । काठमाडौँको तापक्रम २२ देखि २४ डिग्रीसम्म रहेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा आज राति माइनस एक डिग्रीसम्म हुने महाशाखाको अनुमान छ । आज कुनै पनि सहरमा पानी पर्ने सम्भावना देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण