ग्यास उद्योगी फेरि आन्दोलनमा
काठमाडौँ । ग्यास उद्योगी फेरि आन्दोलनमा उत्रिएका छन् । ग्यास उद्योगीहरुको छाता संगठन एलपीजी ग्यास उद्योग संघले आइतबारदेखि फेरि आन्दोलनमा उत्रिएको जनाएको छ ।
यसअघि गत माघ अन्तिम साता उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीहरूको उपस्थितिमा माग पूरा गर्ने सहमति गरेका थिए । यससँगै उद्योगीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका थिए ।
तर सो अवधिभित्र माग सम्बोधन नभएकाले आफूहरू फेरि आन्दोलनमा उत्रिन बाध्य भएको सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
‘हाम्रो मागलाई सम्बोधन गर्छौँ भनेर सरकारले भनेकाले यसअघि १५ दिनको म्याद राखेर आन्दोलन स्थगित गरेका थियौँ,’ उनले भने,‘तर आजसम्म कुनै माग सम्बोधन भएको देखिएन । अब माग पूरा नभएसम्म आन्दोलनमा उत्रिने ग्यास आयात ठप्प पारी बिक्रीसमेत रोक्छौँ ।’
साथै उनले आज भारतबाट ग्यास आयात गर्न आवश्यक पर्ने पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) खरिद बहिष्कार गरेको बताए । पीडीओ खरिद नगरे ग्यास आयात गर्न सकिँदैन । ग्यास आयात आयात नभएपछि सिलिन्डरमा ग्यास भर्ने काम रोकिने आपूर्ति नै ठप्प हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण