प्रधानमन्त्री भेट्न बालुवाटार पुगे इटलीको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफनबिच आज भेट भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् । बुफन ओलीसँग भेटका लागि बालुवाटार पुगेका थिए ।
भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण