कप्तान रोहित शर्मालाई ‘मोटो खेलाडी’ भनेपछि विवादमा परिन् कांग्रेस नेतृ
काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माको विषयमा गरेको एक टिप्पणीलाई लिएर अहिले भारतीय कांग्रेस पार्टीकी नेतृ डा.शमा मोहम्मद विवादमा परेकी छन् । कप्तान रोहितमाथि गरेको टिप्पणीलाई लिएर क्रिकेट समर्थकहरुले उनको आलोचना गरिरहेका छन् ।
शमा मोहम्मदको टिप्पणीलाई लिएर राजनीतिक दलका नेताहरुले पनि उनको आलोचना गरेका छन् । क्रिकेट समर्थकहरु निरन्तर आफूमाथि खनिएपछि नेतृ शमा मोहम्मदले आफ्नो अभिव्यक्तिलाई लिएर सफाइ पनि दिएकी छन् ।
शमा मोहम्मदले भारतीय टोलीका कप्तान रोहित आवश्यक्ताभन्दा मोटो भएको टिप्पणी गरेकी थिइन् । उनले रोहितको मोटोपना खेलाडीका रुपमा स्वभाविक नभएको पनि बताएकी थिइन् । च्याम्पियन्स ट्रफीमा आइतबार भारत र न्युजिल्यान्डबिच समूहगत चरणको अन्तिम खेल खेलिएको थियो ।
सोही खेलका क्रममा शमा मोहम्मदले सामाजिक सञ्जाल ‘एक्स’ मा रोहितप्रति यस्तो टिप्पणी गरेकी थिइन् । उक्त खेलमा ओपनर ब्याट्सम्यान रोहित केवल १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि शमा मोहम्मदले यस्तो पोष्ट गरेकी थिइन् ।
उनले रोहितलाई आफ्नो तौल घटाउन पनि सुझाव दिएकी थिइन् । ‘रोहित शर्मा खेलाडीका रुपमा आवश्यक्ताभन्दा बढी मोटा छन् । उनले आफ्नो तौल घटाउनु आवश्यक छ । भारतीय टोलीको हालसम्मका कप्तानहरुमा उनी सबैभन्दा अनाकर्षक पनि छन्,’ उनले भनेकी थिइन् ।
शमा मोहम्मदको यस्तो टिप्पणीपछि क्रिकेट समर्थकहरु उनीप्रति आक्रामक बनेका थिए । एक पाकिस्तानी पत्रकारले उनको पोष्टमा कमेन्ट गर्दै रोहित विश्वकै उत्कृष्ट क्रिकेटरमध्ये एक भएको धारणा राखेका थिए । ती पाकिस्तानी पत्रकारको प्रतिक्रियाको जवाफमा शमा मोहम्मदले प्रश्न गरेकी छन्, ‘सौरभ गांगुली, सचिन तेन्दुल्कर, राहुल द्रविड, महेन्द्रसिंह धोनी, विराट कोहली, कपिल देव, रवी शास्त्रीजस्ता पूर्वकप्तानको तुलनामा रोहित शर्मासँग विश्वस्तरीय क्रिकेटर भन्न सुहाउने के छ ? मेरो विचारमा त उनी एउटा सामान्य खेलाडी र सामान्य कप्तानमात्र हुन् । उनी त सौभाग्यले मात्र भारतीय टोलीका कप्तान बनेका हुन् ।’
आफ्नो यो प्रतिक्रियाको निकै आलोचना भएपछि डा. शमा मोहम्मदले पाकिस्तानी पत्रकारलाई दिएको उक्त जवाफ हटाएकी थिइन् । त्यसपछि उनले रोहितको विषयमा आफूले पहिले गरेको पोष्ट पनि हटाएकी थिइन् ।
शमा मोहम्मदको पोष्टमा भारतीय जनता पार्टीका नेताहरुले पनि रमाइलो प्रतिक्रिया दिएका छन् । उक्त पार्टीका एक नेताले त ‘अब कांग्रेसका अध्यक्ष राहुल गान्धी नै क्रिकेट मैदानमा ओर्लनु पर्छ’ भन्ने प्रतिक्रियासमेत दिएका थिए । बीजेपीका प्रवक्ता प्रदिप पण्डारीले कप्तान रोहितप्रतिको टिप्पणी देशकै अपमान भएको धारणा पनि राखेका छन् ।
इन्डिया गठबन्धनमा आबद्ध दल शिवसेना (यूबीटी) की सांसद प्रियंका चतुर्वेदीले पनि शमा मोहम्मदको पोष्टमा प्रतिक्रिया दिएकी छन् । ‘म क्रिकेट खेलको समर्थक हुँ । त्यसैले म भन्न सक्छु, रोहित जतिसुकै मोटा भए पनि उनले भारतीय क्रिकेटलाई निकै उचाइमा पुर्याएका छन्,’ प्रियंकाले भनेकी छन् ।
चौतर्फी रुपमा आफ्नो विरोध भएपछि शमा मोहम्मदले सफाइ दिएकी छन् । उनले खेलाडीको तन्दुरुस्तीको बारेमा मात्र आफूले धारणा राखेको उनले बताएकी छन् । ‘रोहित मोटा छन् त्यसैले मैले उनलाई मोटा खेलाडी भनेकी हुँ । यसमा विवाद गर्नु पर्ने केही छैन । सबै मिलेर मलाई लखेट्नु पनि आवश्यक छैन,’ उनले आफ्नो सफाइमा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026