स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
बुटवल। रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् । स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ताका लागि एमालेनिकट अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनहरू क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेका हुन् ।
निर्वाचनको विषयलाई लिएर तोडफोड भएको अनेरास्ववियु क्याम्पस अध्यक्ष विवेक भण्डारीले जानकारी दिए । विभिन्न माग राखेर ती विद्यार्थी सङ्गठनहरूले निर्वाचन आयोगको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका थिए ।
उनीहरूले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आएका थिए । माग बेवास्ता गर्दै निर्वाचनको प्रक्रियामा गएपछि ती विद्यार्थी सङ्गठनहरूले असन्तुष्टि जनाउँदै आएका थिए । निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी सङ्गठनसँग बैठक बसिरहेको थियो । त्यसैबेला नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियुले सङ्गठन दर्ता गरी पाउ भन्दै बैठक हलमा प्रवेश गरेको थियो । अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेलगत्तै विवाद निम्तिएको थियो ।
त्यसपछि विरोधमा उत्रिएका पाँच विद्यार्थी सङ्गठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी सङ्गठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको जानकारी दिए ।
सो घटनालगत्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि स्थगित गरिएको निर्वाचन अधिकृत गणेशप्रसाद पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण