ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज मनहरी-७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना१६प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना६ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर-१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् ।
टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा सङ्लग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू