केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ ।
खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल गर्यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।
यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।
मछिन्द्र र आर्मीबिचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुगेका थिए ।
फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण