युवा परिषद्ले मनायो दसौँ स्थापना दिवस
काठमाडौँ। राष्ट्रिय युवा परिषद्को दसौँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। वि.स.२०७२ फागुन १९ गते परिषद् गठन भएको दिनलाई स्थापना दिवसको रूपमा मनाउने गरिएको छ।
परिवदद्वारा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवाको पक्षमा देखिनेगरी परिणाममुखी काम गर्न आफू क्रियाशील रहेको बताए। मन्त्री चौधरीले नेपाली युवालाई मुलुकभित्रै आशा र भरोसा जगाउनुपर्ने बताए। उनले भने-' युवाको विकास र सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै युवा रोजगारी, उद्यमशीलता, क्षमता विकास र नेतृत्व विकासमा जोड दिइरहेका छौ ।'
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीमित स्रोत र साधनका बाबजुद युवा सशक्तीकरण र उद्यमशीलता विकासमा परिषद् लागिरहेको बताए।
बस्नेतले तिनै तहका सरकारले आवश्यक समन्वय गर्दै युवा लक्षित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए। दसौँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा परिषद् र खेलकुद परिषद्ले युवालाई केन्द्रबिन्दुमा राखेर सहकार्य गर्नुपर्नेमा जोड दिए।
सुरुवाती चरणमा परिषद् अघि बढाउन गरिएका प्रयासको चर्चा गर्दै परिषद्का पूर्व कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले भने-' युवाका समस्या पहिचान भएका छन्, अब समाधानमा सबै जुट्नुपर्दछ।' ढुङ्गेलले युवाका नीति र संरचना बनेपनि अपेक्षाकृत परिणाम हासिल गर्न बाँकी रहेको बताए।
कार्यक्रममा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई अभिनन्दन समेत गरिएको थियो। सोही अवसरमा कार्यकाल पुरा गरेका सदस्य तथा युवा सञ्जालका अध्यक्षहरूलाई समेत सम्मान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण