बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सालीको विवाहमा डान्स गरेर इन्टरनेट सनसनी बने यी प्राध्यापक (भिडियोसहित)

आइतबार, २० जेठ २०७५, ०९ : ०८
आइतबार, २० जेठ २०७५

गोबिन्दा स्टाइलमा डान्स गरेर भारतका एक प्राध्यापक संजीव श्रीवास्तव इन्टरनेटमा सनसनी बनेका छन् । सालीको विवाहमा गोबिन्दाको गीतमा उनले डान्स गरिरहेको भिडियो भारतमा मात्र नभई नेपालमा समेत चर्चा बटुलेको छ । उनको डान्सलाई #DabbuUncle ह्यासट्यागमा व्यापक सेयर पनि गरिँदै छ ।

प्राध्यापक संजिव श्रीवास्तव विदिशाका हुन् र आजकाल भोपालमा कार्यरत छन् । फिल्म खुदगर्जको गोबिन्दाको गीत ‘दिल बहलता हे मेरा आपके आ जाने से’ मा उनले डान्स गरेका हुन् ।

उनको डान्सबारे मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि टिप्पणी गरेका छन् । शिवराजले ट्वीट गरेर प्राध्यापकलाई बधाई दिएका छन् ।

सोसल मिडियाको मद्दतले रातारात स्टार बनेका प्राध्यापक भारतको सरकारी ब्रान्ड एम्बेसडर बनेका छन् । एएनआईका अनुसार विदिशा मुन्सिपल कर्पोरेशन, मध्यप्रदेशको तर्फबाट प्राध्यापकलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो ।

एएनआईसँगको कुराकानीमा प्राध्यापकले आफ्नो आमाबाट डान्स गर्न सिकेको बताउँदै आफूले सन् १९८२ देखि नै डान्स गर्दै आएको जानकारी दिए ।

यसका साथै, उनको नक्कल गर्दै सोसल मिडियामा विभिन्न भिडियो पोष्ट भइरहेका छन् । ट्वीटरमा एक व्यक्तिले उनको डान्सलाई संसारको सबैभन्दा राम्रो वेडिङ परफर्मेन्स बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप