सुखानी हत्याकाण्ड अत्यन्त पाशविक थियो : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका छन् । झापा विद्रोहका क्रममा सुशानीमा ज्यान गुमाएका शहीदहरूप्रति उनले श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।
रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई राजतन्त्र र पञ्चायती जल्लादहरूले सुखानीको जंगल हुँदै इलामको सीमानामा लगेर अत्यन्त हिंस्रक ढङ्गले, बर्बरतापूर्वक र विवेकहिन ढङ्गले हत्या गरेको उनले स्मरण गरे ।
'आज कै दिन सुखानीको जंगलमा पञ्चायती जल्लादहरुले हाम्रा प्रिय नेताहरूको दर्दनाक ढङ्गले हत्याकाण्ड रचेको थियो । राजतन्त्रको ठाडो आदेशमा पञ्चायती जल्लादहरुले गरेको त्यो अत्यन्त पाशविक हत्या थियो । त्यो एउटा अमानवीय, एउटा क्रुर र एउटा विवेकहिन हत्या थियो । राजतन्त्र र पञ्चायती शासकहरूले ती वीर नेता र योद्धाहरूलाई जेलमा राख्ने मात्र पनि आँट गरेनन् । वहाँहरूको बाँच्न पाउने मानव अधिकारलाई पनि वास्ता गरेनन् । त्यति मात्र होइन राजतन्त्रले देशका अनेकौँ ठाउँमा अरू सयौँ र हजारौँ योद्धाहरूको हत्या गरे', खनालले विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण