ओपनएआईलाई नाफामुखी बनाउनबाट रोक्ने मस्कको याचिका खारेज
क्यालिफोर्निया । च्याटजीपीटी बनाउने एआई कम्पनी ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत गर्नबाट रोक्न खर्बपति व्यापारी एलन मस्कले अमेरिकी जिल्ला अदालतमा याचिका दायर गरेका थिए । तर एक संघीय न्यायाधीशले मस्कको सो याचिका अस्वीकार गरेकी छिन् । ओपनएआईलाई नाफामुखी बनाउनबाट रोक्न प्रारम्भिक निषेधाज्ञाका लागि चाहिने कुरा जुटाउन मस्क असमर्थ रहेको क्यालिफोनिर्याको ओकल्यान्ड जिल्लाका जिल्ला न्यायाधीश यभोन गोन्जालेज रोजर्सले मंगलबार राति आफ्नो फैसलामा भनेकी थिइन् ।
यो मामिला जनहितसँग जोडिएको र कानुनको विरुद्धमा कुनै परिवर्तन भयो भने यसबाट सम्भावित हानी हुन सक्ने भएकोले यसको मुद्दाको सुनवाइ छिटोभन्दा छिटो हुनु पर्ने चाहिँ उनले बताइन् । यस विषयमा वर्षको अन्त्यमा सुनवाइको तयारी गर्न सक्ने उनले बताइएको छ । मस्क ओपनएआइएको शुरुआती लगानीकर्तामध्ये एक हुन् । उनले गएको वर्ष ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका थिए ।
ओपनएआईलाई मस्कले गैर–नाफामुखी संस्थाका रूपमा अगाडि लैजाने योजना बनाएका थिए । मस्कले पछि यस मुद्दामा माइक्रोसफ्ट सहित अन्यलाई पनि प्रतिवादी बनाए । मुद्दामा मस्कले आफ्नो एआई स्टार्टअप एक्सएआई वादीको रूपमा जोड्दै ओपनएआईले प्रतिस्पर्धालाई अनुचित रूपमा बाधा पुर्याइरहेको भनेका थिए । अदालतको यस निर्णयको ओपनएआईले स्वागत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण