संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा, अर्को पेसी चैत ६ गते
काठमाडौँ । संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा राखिएको छ । बुधवार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।
बुधवारको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा भीमार्जुन आचार्य, मोहना अन्सारी, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँलगायतले बहस गरेका थिए । बुधवारको सुनुवाइपछि संवैधानिक इजलासले अर्को पेसी चैत ६ गतेका लागि तोकेको छ ।
ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए ।
गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो । सो दिन अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए ।
त्यसपछि वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस सुरु गरेकोमा बहस गर्दागर्दै समय सकिएपछि अर्को पेसी फागुन २१ गतेका लागि तोकिएको थियो । सुनुवाइमा निवेदकका तर्फबाट २४ कानुन व्यवसायी र सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले बहस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण